आर्थिक वर्ष २०८२/८३ को बजेट : पेट्रोलियम पदार्थमा बायो इथानोल मिसाइने



बिजमाण्डू
२०८२ जेठ १५ गते १६:०० | May 29, 2025
आर्थिक वर्ष २०८२/८३ को बजेट : पेट्रोलियम पदार्थमा बायो इथानोल मिसाइने

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा बायो इथानोल मिसाइने भएको छ। निजी क्षेत्रको लबिङमा सरकारले पेट्रोलियम पदार्थमा बायो इथानोल मिश्रण गर्ने व्यवस्था गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को सयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पेट्रोलियम पदार्थमा बायो इथानोल मिसाउने बताएका हुन्।

उनले अम्लेखगंज-लोथर पेट्रोलियम पाइपलाइन विस्तार तथा भण्डारण निर्माण कार्य अगाडि बडाइने पनि बताए। यस्तै, सिलिगुडी-चारआली अन्तरदेशीय पाइपलाइन तथा भण्डारण पनि निर्माण सुरु गरिने उनले बताए।

कालोबजारी, एकाधिकार र सिन्डिकेट तथा अनुचित क्रियाकलापलाई नियतन्त्र गरिने पनि उनले बताए।