वर्षमानले सुरु गरेको ‘मेड इन नेपाल’ ब्याग बोक्ने प्रचलनलाई विष्णु पौडेलले दिए निरन्तरता

बिजमाण्डू
२०८२ जेठ १५ गते १५:३३ | May 29, 2025
वर्षमानले सुरु गरेको ‘मेड इन नेपाल’ ब्याग बोक्ने प्रचलनलाई विष्णु पौडेलले दिए निरन्तरता


काठमाडौं । उपप्रधान एवम् अर्थ मन्त्री विष्णप्रसाद पौडेलले यसपटक नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको झोलामा बजेट पुस्तिका राखेर वाचन गरेका छन्।

Tata
GBIME

अघिल्लो वर्षबाट सुरु भएको यो प्रचलनलाई उनले निरन्तरता दिएका हुन्। पूर्व अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पुस्तिका जाँजाबाट निर्मित नेपाली झोलामा राखेका थिए। नेपाली उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले त्यसो गरिएको उनले बताएका थिए।

यसअघि विदेशी छालाबाट निर्मित महंगो ब्रिफकेश’ मा बजेट पुस्तिाका राख्ने गरिएको थियो। झट्टा हेर्दा अघिल्लो वर्षकै जस्तो देखिए पनि नयाँ झोला भएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअनुसार नै स्थानीय उत्पादनबाट बनेको झोलामा बजेट पुस्तिका राखिएको बताए।

‘हेर्दा अघिल्लो वर्षको जस्तै देखिए पनि बजारबाट नयाँ किनेर ल्याएको हो। त्यतिबेला र अहिलेकोमा केही फरक छ। तर झोला नेपाली हो। नेपाली उत्पादन प्रवर्धन गर्ने प्रचलन जसले गरेको भए पनि निरन्तरता दिनुपर्छ भन्ने हो’, केसीले भने।