सेयर बजार १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा, ८ अर्ब ५८ करोडको कारोबार

बिजमाण्डू
२०८२ जेठ १४ गते १५:४० | May 28, 2025
सेयर बजार १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा, ८ अर्ब ५८ करोडको कारोबार

काठमाडौं। आगामी वर्षको बजेट घोषणाको अघिल्लो दिन सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक बुधबार १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा पुगेको हो।

Tata
GBIME

कारोबारमा आएका जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा कम्पनी र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्।

१४८ कम्पनीको सेयर मूल्य बढेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

९७ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। बराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ।

बजारमा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँको सेयर किनबेच हुँदा ङादी पावरको सर्वाधिक १ अर्ब ५ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। राधी विद्युतको ६० करोड र युनिभर्सल पावरको ५१ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।