नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा



बिजमाण्डू
२०८२ जेठ १३ गते १९:५७ | May 27, 2025
नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा
डा. डिल्लीराम पोखरेल

काठमाडौं। नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा भएका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले निर्देशकहरुमध्येबाट डा. पोखरेललाई मंगलबार कार्यकारी निर्देशकमा बढुवा गरिएको बताएको छ। पोखरेल गभर्नरको कार्यालयमा कार्यरत छन्। उनीसँग अनुसन्धान विभागमा रहेर काम गरेको पनि अनुभव छ।

डा. प्रकाशकुमार श्रेष्ठले अवकाश पाएपछि रिक्त भएको पदमा पोखरेल बढुवा भएका हुन्। श्रेष्ठले जेठ १० गते अवकाश पाएका थिए।