वाणिज्य विभागले चार व्यावसायिक कम्पनीलाई तिरायो जरिवाना, चारवटासँग माग्यो कागजात



बिजमाण्डू
२०८२ जेठ १२ गते १८:३६ | May 26, 2025
वाणिज्य विभागले चार व्यावसायिक कम्पनीलाई तिरायो जरिवाना, चारवटासँग माग्यो कागजात

काठमाडौं। वाणिज्य विभागले कैफियत देखिएको भन्दै विभिन्न चार कम्पनीलाई जरिवाना तिराएको छ।

Tata
GBIME
Nepal Life

विभागले सोमबार बजार अनुगमनका क्रममा कैफीयत देखिएको भन्दै प्रिमियर अटोमोबाइल्स, फेण्डस एण्ड कम्पनी, कल्पना गिफ्ट सप र कृष्ण श्रेष्ठ टेलरिङ सेन्टरलाई जरिवाना तिराएकोहो।

ललितपुर महानगर-१५ स्थित प्रिमियर अटोमोबाइल्सलाई ९० हजार तथा काठमाडौं महानगर-७ स्थित फेण्डस एण्ड कम्पनीलाई ८० हजार, कल्पना गिफ्ट सपलाई ६० हजार र कृष्ण श्रेष्ठ टेलरिङ सेन्टरलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको विभागले जनाएको छ।

विभागले ललितपुर महानगर-१५ स्थित राजेश हार्डवेयरलाई इलेक्ट्रो वेल्डिङ रङ बिक्री गर्न रोक लगाएको छ। राजेश हार्डवेयरसहित चार कम्पनीलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र आफूकहाँ आउन विभागले निर्देशन दिएको छ।