
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। इन्स्योरेन्सको आइतबार १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ।
नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ। प्राधिकरणले २०७८ चैतमा इन्स्योरेन्सलाई एक वर्षभित्र दोब्बर पुँजी बढाउन निर्देशन दिए पनि कम्पनीहरूले सो अवधिमा कायम गर्न सकेनन्।
सिटिजनले बोनस सेयर वितरण गरेर तोकिएको पुँजी पुर्याएको हो।