सेयर बजारमा उछाल, इन्ट्रा डेमा सूचक ८८ अंकले बढेर २७७१ विन्दुमा पुग्यो

बिजमाण्डू
२०८२ जेठ ७ गते ११:१९ | May 21, 2025
सेयर बजारमा उछाल, इन्ट्रा डेमा सूचक ८८ अंकले बढेर २७७१ विन्दुमा पुग्यो

काठमाडौं। सेयर बजार इन्ट्रा डेमा ८८ अंकले बढेर २७७१ विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार नयाँ गभर्नर पाएपछि लगानीकर्तामा उत्साह देखिएको छ।

Tata
GBIME

बुधबार कारोबार खुलेको २ मिनेटमा ८८ अंकले बढेको बजार सम्हालिएको छ। ११:१० बजे बजार ३३.०२ अंक उकालो लागेर २७१० अंकमा छ।

बजारले इन्ट्रा डेमा लिएको उचाइ फागनु २५ यताकै सर्वाधिक हो। फागुन २५ गते नेप्से परिसूचक २७७२ विन्दुमा पुगेको थियो।

सरकारले अर्थशास्त्री डा. विश्व पौडेललाई मंगलबार गभर्नरमा नियुक्त गरेको छ। डेढ महिनादेखि नेतृत्वविहीन बनेको राष्ट्र बैंकले गभर्नर पाएसँगै सेयर बजारमा लगानीकर्ता उत्साहित बनेको कारोबारको सूचकले देखाएको हो।

कारोबार खुलेदेखि उच्च अंकले बढेको बजार अहिले केही सम्हालिएको छ।