
टोकियो । तपाईंहरुले काठमाडौं उपत्यकामा रथ र खट जात्रा गरेको देख्नु भएकै होला। धिमे, भुस्या र विभिन्न बाजाको तालमा हुने यो जात्रामा सहभागी पनि हुनु भयो होला। जापान पनि यस्तै खट जात्रा हालै सम्पन्न भएको छ।
सान्जा मतसुरीको अन्तिम दिन टोकियोको आसाकुसामा यो पर्व मनाइएको हो। सान्जा मतसुरी मे महिनामा जापानमा मनाइने ठूलो पर्व हो।

त्यसबेलामा काठमाडौंमा खटमा देवता राखेर परिक्रमा गराएको जस्तै टोकियोमा मिकोसीलाई काँधमा राखेर नगर परिक्रमा गराइएको थियो।
युवायुवतीहरुले काँधमा कयौं मिकोसी बोक्दै सहर परिक्रमा गरेका थिए। त्यस क्रममा उनीहरले हाप्पी कोट समेत भनिने परम्परागत पोसाक लगाएका थिए। वृद्धवृद्धा र बालबालिकाहरु समेत मिकोसीको यात्रामा सहभागी थिए।

सेन्सो जी मन्दिरको संस्थापकहरुको सम्मानमा यो पर्व ३ दिनसम्म मनाइन्छ। अन्तिम दिन भने यसरी खट जात्रा नै निकाल्ने गरिन्छ।
३ दिने पर्व हेर्न लाखौं मानिस टोकियो पुगेका थिए। यो जात्रा हेर्न विश्वभरबाट मानिस टोकियो पुग्ने गर्छन्। हरेक वर्ष मे महिनामा मनाइने यो जात्राले स्थानीय अर्थतन्त्रलाई समेत फाइदा पुर्याउँदै आएको छ।













