ब्याजदर सस्तिएर वित्तीय लागत घट्दा हाइड्रोपावरको नाफामा उछाल, कुनले कति कमाए?

सुनिल कुँवर
२०८२ जेठ ४ गते २१:०५ | May 18, 2025
ब्याजदर सस्तिएर वित्तीय लागत घट्दा हाइड्रोपावरको नाफामा उछाल, कुनले कति कमाए?


काठमाडौं। बैंक तथा वित्तीय संस्थाको ब्याजदर सस्तिएर वित्तीय लागत घट्दा जलविद्युत कम्पनीको नाफामा उछाल आएको छ।

Tata
GBIME

सेयर बजारमा सूचीकृत ९१ मध्ये वित्तीय विवरण सार्वजनिक गरेका ८८ जलविद्युत कम्पनीले १ अर्ब १९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

अघिल्लो वर्ष ९ महिनामा ६७ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा रहेका कम्पनीले यस वर्ष ब्याजदर सस्तिएका कारण खर्च घट्दा नाफा बढाएका हुन्।

वित्तीय विवरण अनुसार ६५ प्रतिशत अर्थात् ५७ वटा हाइड्रोपावर कम्पनी नाफामा छन्। पोहोर यस अवधिमा ४७ कम्पनी नाफामा थिए। साहस ऊर्जाले सबैभन्दा धेरै ८३ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ।

गत वर्ष ९ महिनामा ४७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको साहस ऊर्जाले यसपटक मुनाफा ७४.४५ प्रतिशतले वृद्धि गरेको हो। चालु वर्ष ३१ कम्पनी नोक्सानीमा छन्। गत वर्ष चैसम्म ४१ कम्पनी नोक्सानीमा थिए।

गत वर्ष नोक्सानीमा रहेका १५ वटा हाइड्रोपावर यसपटक नाफामा गएका छन्। पोहोर नाफामा रहेका बलेफी हाइड्रोपावर पिपुल्स हाइड्रोपावर र लिबर्टी इनर्जी भने यसपाला नोक्सानीमा गएका छन्।

अपर तामाकोशी सबैभन्दा धेरै २ अर्ब ६ करोड रुपैयाँ नोक्सानीमा छ। गत असोजमा आएको बाढीपहिरोले क्षति पुर्‍याएर करिब तीन महिना बन्द हुँदा कम्पनीको नोक्सानी बढेको हो। पोहोर ९ महिनामा अपर तामाकोशी १ अर्ब ३९ करोड रुपैयाँ नोक्सानीमा थियो।

जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको ९ महिनाको नाफा रकम (रु हजारमा)

कम्पनी२०८१/८२२०८०/८१फरक %
साहस ऊर्जा८३४१८७४७८१८९७४.४५
चिलिमे हाडइड्रोपावर५०७८९६४६६२२०८.९४
माउन्टेन इनर्जी४६५०६४३०९११८५०.४५
ग्रीन भेन्चर्स लिमिटेड३७३५१८२६०४१३४३.४३
अपी पावर३५३४९७४४८०३६८९
अरुण भ्याली३४१८९८५७९५५७९९.८८
सानिमा माई२७६९११३१४७८२-१२.०३
सानिमा मिडल तमोर२११४४५-२९५५३
बुटवल पावर२१०२९९१८००६६१६.७९
माण्डू हाइड्रोपावर१५०२६२२२१५६५-३२.१८
सिंगटी हाइड्रो इनर्जी१३४३३१-३२१०८
अपर सोलु१२२८१५४१४७२१९६.१४
युनिभर्सल पावर१०६४११७४७४७४२.३६
राधी विद्युत कम्पनी९१६३३९०९१००.८
कालिका पावर कम्पनी८८१८८७१६३६२३.११
सुपर मार्दी८७७३८९०२४१-२.७७
सुपर माई हाइड्रोपावर८७७३८९०२४१-२.७७
मीड सोलु८७१३१२१६१९३०३.०३
सिक्लेस८६४२५५२२७९६५.३१
रुरु जलविद्युत परियोजना७०२१३६८५८५२.३७
स्वेत गंगा६८०६८-८२८७४-१८२.१३
बिन्धवासिनी हाइड्रोपावर६६३५०७११७१-६.७७
हिमालयन६४१९८५५३२१०६०.४८
हिमालयन पावर पार्टनर५७८१३-२०१४८१
मकर जितुमाया५५६९२१२०१५३६३.५२
नेपाल हाइड्रो डेभलपर्स४९८२५३७६७२३२.२६
युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर४६९५१२२५१९१०८.५
अपर हेवाखोला४४६११-८५२
सिनर्जी पावर डेभलपमेन्ट४३६६१२१४०११०४.०१
भगवती४२२३०६३३५९-३३.३५
मन्दाकिनी३६६७९
हिमालयन ऊर्जा विकास कम्पनी३४९२९-१११५७२
आँखु खोला जलविद्युत३३६८१२५७२१२०९.५३
अरुण काबेली३२१९९-३४१३६९
सगरमाथा जदविद्युत३१५७२५१८६८-३९.१३
युनाइटेड मोदी हाइड्रोपावर३०७०४१९९४५५३.९४
मोलुङ हाइड्रो३०१९६२०७५८४५.४७
ग्रीन लाइफ२५७४५२२१८३१६.०६
ङादी ग्रुप पावर२२९९४२८५००-१९.३२
तेह्रथुम पावर२२०६६-१९६५३
युनियन हाइड्रोपावर२१९३९१५३४३४२.९९
माथिल्लो मैलुङ खोला१९००७-३१७०४
मौलुङ खोला जलविद्युत१४६६०६१४७१३८.४९
रवा इनर्जी१३९८३२१६२५४६.७६
इस्टर्न१२३७२३३९९२६३.९९
सयपत्री हाइड्रोपावर११०६६६२५६७६.८९
कुथेली बुखरी१०१००१४२७४-२९.२४
पिपुल्स पावर७८०२१२३३८-३६.७६
रिडी पावर५५९५-१०२१६१
चिर्ख्वा हाइड्रोपावर४८७८-१२४१
पञ्चकन्या माई४३१४२१३००-७९.७५
शुभम पावर४२९८-६४४०
बरुण३५७८-४९२९३
बाराही हाइड्रोपावर२९६६-९०४२
माई खोला२४४९२६०६-६.०२
रिभर फल्स पावर१४४६-५४१३०
बुद्धभूमि नेपाल५६२१०२०-४४.९
दिव्यश्वरी हाइड्रोपावर-१५७२-३०९४९
थ्रीस्टार-३२७१-२३९३८
नेसनल-८१४१-११४९७
समलिङ पावर कम्पनी-१२०७०-१९९२१
दोल्ती पावर-१३३७९-३२३६२
अपर सान्जे-१६२९८-३४१७
त्रिशुली जलविद्युत कम्पनी-१७६४७-३०६४६६
जोशी हाइड्रोपावर-१७८३५-७५२८
मनकामना इन्जिनियरिङ-१८०८७-३१३०४
भूगोल इनर्जी-१९५४९-२७८७९
लिबर्टी इनर्जी-२४५७१४७२२६
घलेम्दी हाइड्रोपावर-२४६४२-७३०१३
मध्य भोटेकोशी जलविद्युत-२७४९१-१३१७३
ईङ्वा हाइड्रो-२९५७४८०१
एसियन हाइड्रोपावर-३०६५१-४८८५५
राप्ती हाइड्रो-३७१५४-९७५५५
दोर्दी खोला जलविद्युत-३८९१३-५८२८२
छ्याङ्दी-४०२०३-१८४३२
न्यादी हाइड्रोपावर-४२९०३-१५११८०
हिमाल दोलखा-४६५७४-३६३९८
खानी खोला हाइड्रोपावर-४९२१३-४७९६
माया खोला हाइड्रोपावर-४९२४४-२२६५५०
पाँचथर पावर कम्पनी-५१६१०-१२०५८५
मोर्दी इनर्जी-७४५१७-२६१९२४
पिपुल्स हाइड्रोपावर-१३५२०४४९०४८
रसुवागढी हाइड्रोपावर-१४६०३२-२७१७०
सान्जेन जलविद्युत-२४२८६८-११३०७७
बलेफी हाइड्रोपावर-३२६६७०२६८५१९
माउन्टेन हाइड्रो नेपाल-३९२७१७-४१३४६
मेन्छियम हाइड्रोपावर-४६४८५९-१३३७९९
अपर तामाकोशी-२०६७४८२-१३९१३५८
कूल११९७८३८-६७३६१२

घाटामा रहेका अन्य हाइड्रोपावरले पोहोरको तुलनामा नोक्सानी घटाएका छन्। बैंकको ब्याज लागत घट्दा कम्पनीहरुको नोक्सानी घटेको उत्पादकहरु बताउँछन्।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान, नेपालका महासचिव बलराम खतिवडाले आयोजनाको विद्युत् उत्पादन बढेको र लागत घटेका कारण नाफामा सुधार आएको बताए।

‘तेस्रो त्रैमासमा मल्टिजेनरेसनको इम्प्याक्ट परेको हो। त्यसअघि विद्युत् उत्पादन राम्रो भएकाले यस त्रैमासमा ड्राइसिजनको प्रभाव देखिन पाएन,’ उनले भने, ‘त्यसैले आयोजनाहरुको वित्तीय अवस्थामा सुधार आएको छ। बैंकहरुको ब्याजदर घट्दा वित्तीय लागत कम पर्ने भयो। यसले पनि सकारात्मक बनाएको हो।’

बैंकको ऋण लगानीमा परियोजना निर्माण गरिने भएका कारण ब्याजदरमा उतारचढावले हाइड्रोपावरको वित्तीय विवरणमा तलमाथि हुने गरेको छ।

बैंकहरुले तरलता थुप्रिएका कारण एकल अंकको ब्याजदरमै कर्जा दिइरहेका छन्। अहिले देशका अधिकांश भागमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। प्रसारण लाइन हुँदा आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि विगतमा जस्तो खेर फाल्नुपर्ने अवस्था छैन। जसले गर्दा निर्माण सम्पन्न भएदेखि नै आयोजनाले विद्युत् बिक्रीबाट आम्दानी गर्न पाएका छन्।

गत असोजमा आएको बाढीपहिरोले क्षति पुर्‍याएका आयोजनामध्ये धेरैजसो पुनर्निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन्। बाढीपहिरोका कारण तीन दर्जन आयोजनाको विद्युत् उत्पादन अवरुद्ध भएको थियो।

रिडी पावरका अध्यक्ष कुवेर नेपालले विद्युत् उत्पादनमा वृद्धि र लागतमा कमीका कारण ब्यालेन्स सिट राम्रो देखिएको बताए।

‘सस्तो ब्याजदर र उत्पादन पनि बढेका कारण कम्पनीहरुको नाफा बढेको हो,’ उनले भने, ‘यसअघि निर्माणाधीन रहेका आयोजनाले पनि उत्पादन सुरु गरे। त्यसले उनीहरुको नोक्सानी घटायो।’