दोर्दी खोला जलविद्युत कम्पनीले नोक्सानी ५ करोड ८२ लाखबाट ३ करोड ८९ लाखमा झार्‍यो

बिजमाण्डू
२०८२ बैशाख २९ गते ११:३५ | May 12, 2025
दोर्दी खोला जलविद्युत कम्पनीले नोक्सानी ५ करोड ८२ लाखबाट ३ करोड ८९ लाखमा झार्‍यो

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले नोक्सानी घटाएको छ। कम्पनीले चालु आर्थिक वर्ष ९ महिनामा आफ्नो नोक्सानी ३ करोड ८९ लाख रुपैयाँमा झारेको हो।

Tata
GBIME

कम्पनी पोहोर तेस्रो त्रैमासमा ५ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा थियो। कम्पनीको सञ्चालन आम्दानी १७.९९ प्रतिशत घटेको छ।

वित्तीय लागत घट्दा कम्पनीको नोक्सानी घटेको हो। कम्पनीको वित्तीय लागत १८ करोड ८२ लाखबाट १४ करोड ६१ लाख रुपैयाँमा झरेको छ।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (रु हजारमा)१०५४२६०१०५४२६०
सञ्चालन आम्दानी (रु हजारमा)१०७०८३१३०५८१-१७.९९
खुद नाफा (रु हजारमा)-३८९१३-५८२८२
प्रति सेयर आम्दानी (रुपैयाँ)-४.९२
प्रति सेयर नेटवर्थ (रुपैयाँ)८२.६