गौरी टापमा टेन्ट क्याम्पिङ, कलाकर्मीसँगै दुई सय जनाभन्दा बढीको सहभागिता (फोटो फीचर)



बिजमाण्डू
२०८२ बैशाख २७ गते १२:१३ | May 10, 2025
गौरी टापमा टेन्ट क्याम्पिङ, कलाकर्मीसँगै दुई सय जनाभन्दा बढीको सहभागिता (फोटो फीचर)

गौरी टाप (सोलुखुम्बु)। सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित स्पार्क एड्भेञ्चरमा २०० जनाभन्दा बढी सहभागी भएका छन्। उनीहरुले शुक्रबार राति गौरी टापमा टेन्ट क्याम्पिङ गरी यहाँको पर्यटकीय गन्तव्यको चर्चा गरेका छन्।

Tata
GBIME
Nepal Life

कलाकारहरु राजेश हमाल, विजय लामा, आनि छोइङ डोल्मा, राजु लामा, विमलराज क्षेत्री, सुनिता दुलाल, आस्था राउत, बीबीसी मास्टर सेफ सन्तोष साह लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागीले टेन्ट क्याम्पिङमा रात बिताए।

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका आठ हजार मिटरभन्दा अग्ला ६ वटा शिखर नजिकबाट देख्न पाइने यो क्षेत्र पर्यटकीय सम्भावना उच्च भएको गन्तव्य हो।

यो क्षेत्र २५ भन्दा बढी प्रजातिका गुराँस पाइन्छन्। सूर्योदय र सूर्योस्तको मनोरम दृश्यवालोकनका लागि घुमन्तेले यो ठाउँलाई उपयुक्त गन्तव्य मान्दै आएका छन्। (तस्बिर : कमलकुमार बस्नेत/रासस)