राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव



बिजमाण्डू
२०८२ बैशाख १७ गते ११:४२ | Apr 30, 2025
राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो।

Tata
GBIME
Nepal Life

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज जेठ ७ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत खिचेको १ खर्ब २५ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।