भन्सार विधेयक १९ महिनापछि प्रतिनिधि सभाबाट बहुमतले पारित, चुहावट रोकिने विश्वास



बिजमाण्डू
२०८२ बैशाख १६ गते १४:५० | Apr 29, 2025
भन्सार विधेयक १९ महिनापछि प्रतिनिधि सभाबाट बहुमतले पारित, चुहावट रोकिने विश्वास
भन्सार विधेयक पारित गर्न प्रस्ताव गर्दै अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं। भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बिनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।

Tata
GBIME
Nepal Life

भन्सार विधेयक संसद्‍मा दर्ता भएको १९ महिनापछि प्रतिनिधि सभाबाट मंगलबार बहुमतले पारित भएको हो। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल भने विधेयकको विपक्षमा उभिए।

२०८० असोज १८ गते तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‍मा दर्ता गराएको विधेयक अर्थ समितिले दफाबार छलफल गरेर चैत १९ गते पारित गरी वैशाख १४ गते प्रतिनिधि सभामा पेस गरेको थियो।

समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिएका सांसदहरुले भन्सार विन्दुमा विद्यमान बेथिति रोकथाम गर्नुपर्नेमा जोड दिए। उनीहरुले भन्सार प्रशासनलाई स्रोतसाधन सम्पन्न बनाइ चुहावट रोक्नुपर्ने र व्यवसायीलाई अनावश्यक झन्झट दिन बन्द गर्नुपर्ने बताए।

अर्थमन्त्री विष्णु पौडेलले विधेयक कानुनी मान्यता पाएर कार्यान्वयनमा आएपछि भन्सार प्रशासनमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे।