BIZMANDU
www.bizmandu.com

भन्सार विधेयक १९ महिनापछि प्रतिनिधि सभाबाट बहुमतले पारित, चुहावट रोकिने विश्वास

२०८२ बैशाख १६

भन्सार विधेयक १९ महिनापछि प्रतिनिधि सभाबाट बहुमतले पारित, चुहावट रोकिने विश्वास
प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपप्रधानमन्त्री पौडेल काठमाडौँ, १६ वैशाखः उपप्रधानत एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधसभाको मङ्गलबार बसेको बैठकमा ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस


काठमाडौं। भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बिनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।

Tata
GBIME
NLIC

भन्सार विधेयक संसद्‍मा दर्ता भएको १९ महिनापछि प्रतिनिधि सभाबाट मंगलबार बहुमतले पारित भएको हो। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल भने विधेयकको विपक्षमा उभिए।

२०८० असोज १८ गते तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‍मा दर्ता गराएको विधेयक अर्थ समितिले दफाबार छलफल गरेर चैत १९ गते पारित गरी वैशाख १४ गते प्रतिनिधि सभामा पेस गरेको थियो।

समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिएका सांसदहरुले भन्सार विन्दुमा विद्यमान बेथिति रोकथाम गर्नुपर्नेमा जोड दिए। उनीहरुले भन्सार प्रशासनलाई स्रोतसाधन सम्पन्न बनाइ चुहावट रोक्नुपर्ने र व्यवसायीलाई अनावश्यक झन्झट दिन बन्द गर्नुपर्ने बताए।

अर्थमन्त्री विष्णु पौडेलले विधेयक कानुनी मान्यता पाएर कार्यान्वयनमा आएपछि भन्सार प्रशासनमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे।