धरानमा रोकिराखेको गाडीबाट ३ क्वीन्टल गाँजा बरामद, फरार चालकलाई खोज्दै प्रहरी

बिजमाण्डू
२०८२ बैशाख १३ गते १४:१७ | Apr 26, 2025
धरानमा रोकिराखेको गाडीबाट ३ क्वीन्टल गाँजा बरामद, फरार चालकलाई खोज्दै प्रहरी

काठमाडौं। धरानमा रोकेर राखेको एउटा गाडीबाट प्रहरीले शनिबार ३ सय किलो गाँजा बरामद गरेको छ। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धरान-१३ मा को१च ७३३५ नम्बरको गाडी जाँच गर्दा गाँजा बरामद गरेको हो।

Tata
GBIME

कालो प्लास्टिकले प्याकिङ गरिएको १० पोकामा गाँजा बरामद भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। गाडी छाडेर भागेका चालकको खोजी भइरहेको छ। 

यसअघि शुक्रबार पनि सुनसरीमा गाँजा बरामद भएको थियो। प्रहरीका अनुसार भोक्राहा नरसिंह-६ बाट गाँजासहित दुई जना पक्राउ परेका थिए। को१६प ६४७४ नम्बरको स्कुटी चालक बराहक्षेत्र-१ का २८ वर्षीय समीर राई र पछाडी सवार २८ वर्षीय सञ्जीव राईलाई ३१ किलो गाँजासहित प्रहरी चौकी चिरौलीचोकले नियन्त्रणमा लिएको थियो।