सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९ महिनाको नाफा २९.५७ करोड, प्रति सेयर आम्दानी कति?



बिजमाण्डू
२०८२ बैशाख १२ गते ११:३६ | Apr 25, 2025
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९ महिनाको नाफा २९.५७ करोड, प्रति सेयर आम्दानी कति?

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले यो वर्ष चैसम्म कमाएको नाफा पोहोर सोही अवधिको तुलनामा ३१.९ प्रतिशत धेरै हो। इन्स्योरेन्सले गत वर्ष ९ महिनामा २२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

बीमा शुल्क १७.८५ प्रतिशतले वृद्धि हुँदा कम्पनीको नाफामा सुधार आएको हो।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (रु हजारमा)५०११९४७५०११९४७
खुद बीमा शुल्क (रु हजारमा)७५१२२८६६३७४४०५१७.८५
दाबी भुक्तानी (रु हजारमा)८३८०६४४६९७४६५२२०.१६
खुद नाफा (रु हजारमा)२९५७५०२२४२३०३१.९
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१२५.४१
प्रति सेयर आम्दानी (रुपैयाँ)७.८७६.५८१९.६