चाडपर्व सुरु, फलफूलको भाउ आकासियो, अनार प्रतिकिलो तीन सय, स्याउ १८० पुग्यो

बिजमाण्डू
२०६९ साउन १८ गते ००:०० | Aug 2, 2012
चाडपर्व सुरु, फलफूलको भाउ आकासियो, अनार प्रतिकिलो तीन सय, स्याउ १८० पुग्यो

काठमाडौ । चार्डपर्व सुरु हुने वितिकै फलफुलको भाउ बढेको छ । एक साताको तुलनामा सबै फलफुलको भाउ आकासिएको छ । अहिले बजारमा अनार, स्याउ, केरा, आँप र मेवाको भाउ बढेको छ ।
अनार प्रति किलो २५० रुपैयाँबाट बढेर ३ सय रुपैयाँ, स्याउ १५० रुपैयाँबाट बढेर १ सय ८० रुपैयाँ, केरा प्रति दर्जन बढेर ९० रुपैयाँ पुगेको छ । त्यसैगरी आँप ५० रुपैयाँबाट बढेर ७० रुपैयाँ र मेवा ४० रुपैयाँबाट बढेर ६० रुपैयाँ कायम भएको छ  । फलफूल व्यवसायी महासंघले माग अनुसार आपूर्ति नभएकोले मूल्य बढेको जनाएको छ ।

Tata
GBIME
Nepal Life