मूल्य उचाल्न ल्याइएको फण्डामा गार्डियनलाई कारबाही, हकप्रद निष्कासनमा प्राधिकरणको लगाम

बिजमाण्डू
२०८२ बैशाख ३ गते १७:४० | Apr 16, 2025
मूल्य उचाल्न ल्याइएको फण्डामा गार्डियनलाई कारबाही, हकप्रद निष्कासनमा प्राधिकरणको लगाम


काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने चाहनामा ठेस लागेको छ। नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्सलाई स्पष्टीकरणसँगै विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ।

Tata
GBIME
NLIC

कम्पनीले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न आइपीओ बिक्री गरेको दुई महिनामै विशेष साधारण सभा बोलाएको थियो।

इन्स्योरेन्सले बैशाख ५ गते बस्ने गरि चैत १८ गते विशेष साधारण सभा बोलाएकामा प्राधिकरणको पत्रपछि स्थगन गरेको छ। कम्पनीले गत माघमा सर्वसाधारणलाई चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्कासन गरेकामा दोस्रो बजारमा कारोबार भएपछि मूल्य उचाल्न हकप्रद सेयर निष्कासनको फण्डा ल्याएको थियो।

इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने यही फण्डाका कारण दोस्रो बजारमा प्रति कित्ता सेयर मूल्य २ हजार ७७८ रुपैयाँसम्म पुगेको थियो।

पोहोरदेखि लघु बीमा व्यवसाय सुरु गरेको कम्पनीले बिजनेस पाएको छैन। लगानीकर्तालाई प्रतिफल दिन सक्ने अवस्थामा कम्पनी छैन। तैपनि दोस्रो बजारमा कारोबार खुलेदेखि नै लगातार पोजेटिभ सर्किट लागेर मूल्य उचालिएको थियो।

सम्बन्धित समाचार : सेयर मूल्य उचाल्न अनेक फण्डा, आइपीओ निष्कासनको दुई महिनामै गार्डियनले ल्यायो हकप्रदको प्रस्ताव