सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, तोलाको १ लाख ८७ हजार रुपैयाँ पुग्यो



बिजमाण्डू
२०८२ बैशाख ३ गते ११:३३ | Apr 16, 2025
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, तोलाको १ लाख ८७ हजार रुपैयाँ पुग्यो

काठमाडौं। बिहेको सिजन सुरु भएसँगै बजारमा सुनको मूल्य फेरि अस्वाभाविक रूपले उच्च हुँदै गएको छ। बुधबार कारोबार मूल्य प्रति तोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हालसम्मकै सर्वाधिक उच्च मूल्य हुँदा सुन अघिल्लो दिनका तुलनामा बुधबार तोलामा २ हजार ७ सय रुपैयाँ बढेको हो।

मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

बुधबार चाँदी पनि बढेको छ। १० रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय ५५ रुपैयाँ भएको छ। अघिल्लो दिन मूल्य घटेर प्रति तोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको सुनको मूल्य फेरि बढेको छ। मंगलबार प्रति औंस ३२२७.४५ डलरले कारोबार भएको सुन बुधबार ३२८९.५१ डलर पुगेको छ।

चाँदी पनि प्रतिऔंस ३२.३२ बाट बढेर ३२.४७ डलर पुगेको छ।