९ महिनामा १५ खर्ब ५६ अर्बको सेयर कारोबार, पोहोरभन्दा २२९ प्रतिशत बढी



बिजमाण्डू
२०८२ बैशाख ३ गते ११:०९ | Apr 16, 2025
९ महिनामा १५ खर्ब ५६ अर्बको सेयर कारोबार, पोहोरभन्दा २२९ प्रतिशत बढी

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा १५ खर्ब ५६ अर्ब ३७ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस वर्ष चैत मसान्तसम्म भएको सेयर कारोबार पोहोर सोही अवधिको तुलनामा २२९ प्रतिशत धेरै हो।

Tata
GBIME
Nepal Life

२०८०/८१ को चैतसम्म ४ खर्ब ७३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो। सेयर कारोबारमा चालु वर्ष ९ महिनामै रेकर्ड बनेको हो।

गत असारमा सत्ता गठबन्धनमा आएको उलटफेरका कारण डेढ महिनामा ९३७ अंकले नेप्से परिसूचक उकालो लागेपछि कारोबार रकममा कीर्तिमनी बनेको थियो।

साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ३००० विन्दुमा पुगेको थियो। आर्थिक वर्षको पहिलो महिनामै उच्च सेयर कारोबार भएका कारण नेप्सेले कारोबारमा ९ महिनामै कीर्तिमानी बनाएको छ।