दुई लघुवित्तको शेयर बैशाख दोस्रो साता, गणपति र नेपाल एग्रोमा कम्तिमा १० कित्ता आवेदन



बिजमाण्डू
२०७५ चैत्र २८ गते ११:२८ | Apr 11, 2019
दुई लघुवित्तको शेयर बैशाख दोस्रो साता, गणपति र नेपाल एग्रोमा कम्तिमा १० कित्ता आवेदन

काठमाडौँ। दुई लघुबित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्कासन गर्ने भएका छन्। गणपति माइक्रोफाइनान्स र नेपाल एग्रो लघुबित्तलले साधारण शेयर निष्कासन गर्ने भएका हुन्। 

Tata
GBIME
Nepal Life

गणपति माइक्रोफाइनान्सले सर्वसाधारणको लागि तीन लाख १३ हजार ७५ कित्ता साधारण शेयर निष्कासन गर्दै छ। संस्थाले वैशाख ९ गतेदेखि साधारण शेयर निष्कासन गर्ने छ। 

सर्वसाधारणले कम्तिमा १० कित्तादेखि अधिक्तम १५ सय कित्तासम्म आवेदन दिन सक्छन्। प्रति कित्ता १०० का दरले सर्वसाधारणले आवेदन दिनु पर्ने बिक्री प्रबन्धक एनआईबिएलएस क्यापिटलले जनाएको छ।

नेपाल एग्रो लघुबित्तले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको एक लाख ५१ हजार दुई सय कित्ता साधारण शेयर निष्कासन गर्दै छ। प्रति कित्ता एक सय रुपैयाँ रहेको साधारण शेयर वैशाख ८ गतेदेखि सर्बसाधारणका लागि बिक्री खुला हुने छ। 

कम्तीमा १० कित्ता र बढीमा आठ सय कित्तासम्म आवेदन दिन सक्छन्। बिक्री प्रबन्धकको काम एसबसआइ मर्चेन्टले गर्ने छ।