डलरसँगै चिनियाँ युआन घट्दा युरो र पाउण्ड बलियो, यस्तो छ आज विदेशी मुद्रा विनिमय दर



बिजमाण्डू
२०८१ चैत्र ३० गते ०६:४५ | Apr 12, 2025
डलरसँगै चिनियाँ युआन घट्दा युरो र पाउण्ड बलियो, यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

काठमाडौं। अमेरिकी डलर घट्दा युरो र पाउण्ड स्टर्लिङ बलियो भएका छन्। नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय दरको सूचीअनुसार तुलनात्मक रूपमा युरोपियन युरो र स्वीस फ्रयांकको विनिमय दर फराकिलो अन्तरले उच्च भएको छ।

Tata
GBIME
Nepal Life

चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, कोरियन वोन, हङकङ डलर, कुवेती दिनार, बहरेन दिनार र ओमानी रियाल घटेका छन्।

शनिबार १ अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ ९७ पैसा भएको छ। शुक्रबार खरिद दर १३८ रुपैयाँ ४१ पैसा र बिक्री दर १३९ रुपैयाँ १ पैसा थियो।

युरोपियन युरोको खरिद दर १५६ रुपैयाँ २ पैसा र बिक्री दर १५६ रुपैयाँ ७१ पैसा भएको छ। शुक्रबार खरिद दर १५३ रुपैयाँ २९ पैसा र बिक्री दर १५३ रुपैयाँ ९५ पैसा थियो।

यस्तै पाउण्ड स्टर्लिङको खरिद दर शनिबार १७९ रुपैयाँ ७८ पैसा र बिक्री दर १८० रुपैयाँ ५७ पैसा भएको छ। शुक्रबार खरिद दर १७८ रुपैयाँ ८९ पैसा र बिक्री दर १७९ रुपैयाँ ६७ पैसा थियो।

स्वीस फ्रयांक खरिद दर १६८ रुपैयाँ ३८ पैसा र बिक्री दर १६९ रुपैयाँ ११ पैसा पुगेको छ। शुक्रबार खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्री दर १६५ रुपैयाँ थियो। चिनियाँ युआन खरिद दर १८ रुपैयाँ ८२ पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा छ। शुक्रबार खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा थियो।

क्यानेडियन, अष्ट्रेलियन, सिंगापुर डलर, जापानी येन, थाइ भाट, मलेसियन रिंगेट, स्वीडिश क्रोनर र डेनिश क्रोनर बढेका छन्।

यस्तो छ आजको विनिमय दर

मुद्राइकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१३७.३७१३७.९७
युरोपियन युरो१५६.०२१५६.७१
पाउण्ड स्टर्लिङ१७९.७८१८०.५७
स्वीस फ्रयांक१६८.३८१६९.११
अष्ट्रेलियन डलर८५.७१८६.०९
क्यानेडियन डलर९८.८०९९.२३
सिंगापुर डलर१०४.०३१०४.४८
जापानी येन१०९.६३९.६७
चिनियाँ युआन१८.८२१८.९०
साउदी रियाल३६.५९३६.७५
कतारी रियाल३७.६८३७.८५
थाइ भाट४.१०४.११
यूएई दिराम३७.४०३७.५६
मलेसियन रिंगेट३१.०६३१.२०
कोरियन वोन१००९.६०९.६४
स्वीडिश क्रोनर१४.००१४.०६
डेनिश क्रोनर२०.८९२०.९८
हङकङ डलर१७.७११७.७९
कुवेती दिनार४४८.६४४५०.६०
बहरेन दिनार३६४.४२३६६.०१
ओमानी रियाल३५६.८२३५८.३८
स्रोत : नेपाल राष्ट्र बैंक