सलिको इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ३९ करोड ३३ लाख रुपैयाँ बाँड्ने

बिजमाण्डू
२०८१ चैत्र २९ गते १२:४९ | Apr 11, 2025
सलिको इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ३९ करोड ३३ लाख रुपैयाँ बाँड्ने


काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ६२ करोड २६ लाख ३८ हजा‍र रुपैयाँ छ। कम्पनीले लाभांशका लागि करसहित ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ छुट्याएको छ ।

इन्स्योरेन्सको लाभांश नियामक निकायबाट स्वीकृति भएर साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

कम्पनीले २०७९/८० मा ५ प्रतिशत नगद लाभांश र २०७८/७९ मा १२.४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।