प्रियांश आर्याको शतकमा पञ्जावको जित, चेन्नइ लगातार चौथो खेलमा पराजित



बिजमाण्डू
२०८१ चैत्र २७ गते ०६:१९ | Apr 9, 2025
प्रियांश आर्याको शतकमा पञ्जावको जित, चेन्नइ लगातार चौथो खेलमा पराजित
शतकपछि आर्या। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाव किंग्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ। पञ्जावको मुल्लानपुरस्थित महाराज युदविन्द्रसिंह स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले चेन्नइमाथि १८ रनको जित निकालेको हो।

Tata
GBIME
Nepal Life

टस जितेर ब्याटिङमा उत्रिएको पञ्जावले प्रियांश आर्याको शतकको सहायतामा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनायो। आर्याले ४२ बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै सर्वाधिक १०३ रन बनाए। त्यस्तै, शशांक सिंह ५२ र मार्को जेनसन ३४ रनमा अविजित रहे।

बलिङतर्फ चेन्नइका खलिल अहमद र रविचनद्रन अश्विनले सर्वाधिक २ विकेट लिँदा मुकेश चौधरी र नूर अहमदले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ ५ विकेट गुमाएर २०१ रनमा समेटियो। चेन्नइका लागि डेभोन कोन्वेले सर्वाधिक ६९ रन बनाउँदा शिवम दुबेले ४२, रचिन रविन्द्रले ३६ तथा एमएस धोनीले २७ रन बनाए। बलिङतर्फ पञ्जावका लोकी फर्ग्युसनले २ विकेट लिँदा यश ठाकुर र ग्लेन म्याक्सवेलले १ विकेट लिए।

जारी संस्करणमा जितबाट सुरु गरेको चेन्नइको यो लगातार चौथो हार हो। ५ खेलबाट २ अंक बनाउँदै चेन्नइ तालिकाको नवौँ स्थानमा छ। अर्कोतर्फ ६ अंकसहित पञ्जाव तालिकाको चौथो स्थानमा छ। दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, रोयल च्यालेन्जर बेङ्ग्लुरु, पञ्जाव र लखनउ सुपर जायन्टको समान ६ अंक छ।