
काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोलीले अफगानिस्तानबाट १ सय ६९ रनको लक्ष्य पाएको छ। मुलपानी क्रिकेट मैदानमा जारी सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६८ रन बनाएको हो।
अफगानिस्तानका लागि कप्तान मेहबुब खानले सर्वाधिक ५८ रन बनाउँदा रुहुल्लाह अरबले २७ तथा उजैरुल्लाह नियाजाइले १९ रन बनाए। बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिँदा सिब्रिन श्रेष्ठ र विपिन शर्माले समान २ तथा अभिषेक तिवारी र अपराजित पौडेलले समान १ विकेट लिए।
नेपाली टोली सिरिजमा कायम रहन आजको खेल जित्नै पर्ने अवस्थामा छ। तीन खेलको सिरिजको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई हराउँदै अग्रता बनाएको थियो।
नेपाल जवाफी ब्याटिङमा उत्रँदैछ।