चैत २५ गतेदेखि होटल पौवाको ‘स्वादउत्सव’, स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन गर्ने

बिजमाण्डू
२०८१ चैत्र १९ गते १२:२७ | Apr 1, 2025
चैत २५ गतेदेखि होटल पौवाको ‘स्वादउत्सव’, स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन गर्ने


काठमाडौं । होटल पौवाले आफ्नो नवौं वर्षगाँठको अवसरमा पाहुना लक्षित ‘स्वादउत्सव’ आयोजना गर्ने भएको छ। होटलले आफू अन्तर्गत सबै शाखामा आउँदो चैत २५ देखि २९ गतेसम्म ‘स्वादउत्सव’ आयोजना गर्ने जनाएको हो।

Vigo
GBIME
Tata

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मूल नारासहितको यो आयोजनाबाट नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको होटलले जनाएको छ।

‘स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ। यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु हो,’ होटलका ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले भने।

होटल अन्तर्गतका सबै शाखामा दुई लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष सहभागिता रहने होटलको प्रक्षेपण छ।

९ वर्षअघि संचालनमा आएको पौवाले बुद्धको जन्मस्थल लुम्बिनीबाट आफ्नो सेवा सुरु गरेको हो। हाल होटल अन्तर्गत १८ वटा शाखा संचालित छन्। होटलले ७०० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिँदै आएको जनाएको छ।

होटलले नेपालगंजमा ल्याउन लागेको पाँचतारे होटल ‘पौवा वेस्टर्न’को पहिलो चरणको काम सम्पन्न गरिसकेको छ जनाएको छ। यस्तै, सिन्धुलीमा नयाँ शाखा खोल्ने तयारी समेत गरिरहेको छ।

केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना गर्ने योजना रहेको पनि होटलले जनाएको छ।