काठमाडौं। सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन बोलाएको दलका सचेतकहरूसँगको बैठक जारी छ। बैठक संसद् भवनमा बसिरहेको छ।
गत बुधबारदेखि प्रतिपक्षी दलहरूले संसद् चल्न दिएका छैनन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने अडानमा प्रतिपक्षी दल छन्।
ओलीले सोमबार प्रतिनिधि सभामा जवाफ दिने नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी गराइसकेका छन्। बुधबारदेखि नै घिमिरेले अवरोध हटाउन सचेतकहरूसँग छलफल गर्दै आएकामा सहमति नजुटेका कारण संसद् बैठक बस्न सकेको छैन।











