डलर, युरो र पाउण्डसँगै सबैजसो विदेशी मुद्राको विनिमय दर घट्यो, यस्तो छ आज मूल्य



बिजमाण्डू
२०८१ चैत्र १६ गते ०७:२७ | Mar 29, 2025
डलर, युरो र पाउण्डसँगै सबैजसो विदेशी मुद्राको विनिमय दर घट्यो, यस्तो छ आज मूल्य

काठमाडौं। अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङसँगै सबैजसोको विदेशी मुद्राको विनिमय दर घटेको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ४६ पैसा र बिक्री दर १३७ रुपैयाँ ६ पैसा भएको छ। शुक्रबार खरिद दर १३६ रुपैयाँ ९६ पैसा र बिक्री दर १३७ रुपैयाँ ५६ पैसा थियो।

युरोपियन युरोको खरिद दर १४६ रुपैयाँ ९९ पैसा र बिक्री दर १४७ रुपैयाँ ६३ पैसा छ। शुक्रबार खरिद दर १४७ रुपैयाँ ७० र बिक्री दर १४८ रुपैयाँ ३५ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर १७६ रुपैयाँ ४२ पैसा र बिक्री दर १७७ रुपैयाँ १९ पैसा छ। शुक्रबार खरिद दर १७७ रुपैयाँ १८ पैसा र बिक्रि दर १७७ रुपैयाँ ९५ पैसा थियो।

चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा छ। शुक्रबार खरिद दर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा थियो।

क्यानेडियन डलर, अष्ट्रेलियन डलर, सिंगापुर डलर, जापानी येन, थाइ भाट, मलेसियन रिंगेट पनि घटेको छ। साउदी रियाल, कतारी रियाल, यूएई दिराम, कुवेती दिनार, बहरेन दिनार र ओमानी रियालको विनिमय दर पनि अघिल्लो दिनका तुलनामा घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य भने उच्च भएको छ। सुन प्रति औंस ३०८५.५७ डलरले कारोबार भइरहेको छ। यो एकै दिनमा ३५.६७ डलरको बढोत्तरी हो। ३० दिनमा सुनको मूल्य १६४.६४ डलर बढिसकेको छ। चाँदी प्रति औंस ३४.१३ डलर छ। चाँदीको कारोबार मूल्यमा ०.१७ डलर को गिरावट छ।

यस्तो छ आजको विनिमय दर

मुद्राइकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१३६.४६१३७.०६
युरोपियन युरो१४६.९९१४७.६३
पाउण्ड स्टर्लिङ१७६.४२१७७.१९
स्वीस फ्रयांक१५४.५११५५.१९
अष्ट्रेलियन डलर८५.८६८६.२४
क्यानेडियन डलर९५.२४९५.६६
सिंगापुर डलर१०१.६६१०२.१०
जापानी येन१०९.०५९.०९
चिनियाँ युआन१८.७८१८.८७
साउदी रियाल३६.३८३६.५४
कतारी रियाल३७.४४३७.६०
थाइ भाट४.०१४.०३
यूएई दिराम३७.१५३७.३२
मलेसियन रिंगेट३०.७५३०.८९
कोरियन वोन१००९.२९९.३४
स्वीडिश क्रोनर१३.५७१३.६३
डेनिश क्रोनर१९.७०१९.७९
हङकङ डलर१७.५४१७.६२
कुवेती दिनार४४२.५१४४४.४५
बहरेन दिनार३६१.९७३६३.५६
ओमानी रियाल३५४.४६३५६.०२
स्रोत : नेपाल राष्ट्र बैंक