काठमाडौं। राजावादीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगो लगाउँदा त्यसको असर आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा परेको छ।
त्रिभुवन विमानस्थलमा उडान सेवा ४५ मिनेटसम्म प्रभावित भएको हो। विमानस्थल प्रमुख जगन्नाथ निरौलाले धुवाँको मुस्लोका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ४५ मिनेटसम्म बन्द भएकाो जानकारी दिए।
उनका अनुसार अपराह्न ५ बजेपछि केही अन्तर्राष्ट्रिय उडान आकाशमा होल्ड भएका थिए। ‘आगलागीबाट निस्किएको धुवाँको मुस्लोका कारण उडान प्रभावित भएको हो,’ उनले भने, ‘धुवाँ कम भएलगत्तै केही मिनेट अगाडिबाट सेवा पुन: सुरु भएको छ। होल्ड भएका जहाज अवतरण भएका छन्।’











