ग्लोबल मनिविक अन्तर्गत वित्तीय साक्षरता जगाउन माछापुच्छ्रे बैंकले देशभर गर्‍यो विभिन्न कार्यक्रम

बिजमाण्डू
२०८१ चैत्र १३ गते १३:२० | Mar 26, 2025
ग्लोबल मनिविक अन्तर्गत वित्तीय साक्षरता जगाउन माछापुच्छ्रे बैंकले देशभर गर्‍यो विभिन्न कार्यक्रम

काठमाडौं । वित्तीय साक्षरता जगाउन माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न कार्यक्रम आयोजना गरेर ग्लोबल मनिविक मनाएको छ।

Tata
GBIME

मार्च १७ देखि २३ सम्म बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो।

बैंकले ७ वटै प्रदेशमा विद्यालय र कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरेको थियो।

बैंकले ग्राहकहरुलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको जनाएको छ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्धेश्यका साथ देशभर बैंकको १६५ वटा शाखाहरु संचालित छन्। यी सबै शाखाबाट विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।