वित्तीय साक्षरताका लागि महालक्ष्मी विकास बैंकको अभियानमा देशभर १२०० जना बढी सहभागी

बिजमाण्डू
२०८१ चैत्र ११ गते १३:४३ | Mar 24, 2025
वित्तीय साक्षरताका लागि महालक्ष्मी विकास बैंकको अभियानमा देशभर १२०० जना बढी सहभागी

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनिविक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरि सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

Tata
GBIME

साताव्यापी अभियान अन्तर्गत गोंगबु, धनगढी, चन्द्ननिगापुर, दमौली, इटहरी, जनकपुर ,विरगंज, दमक, टिकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरामा रहेका शाखा र केन्द्रीयय कार्यालय र प्रादेशिक कार्यालयहरुबाट विद्यार्थी र युवा लक्षित वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियो।

त्यसअवसरमा वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम संचालन गरिएको थियो।

देशभरी गरिएको कार्यक्रमहरुमा १ हजार २०० जनाभन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतियवित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवाप्रदायक संस्था, धितोपत्रबजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको थियो।

साथै बैंकको आधिकारिक सामाजिक संजालका माध्यहरुबाट समेत विभिन्न सचेतनामूलक जानकारीहरु पोष्ट गरिनुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ।

यस अभियानबाट किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।