महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो दसैं अभियान २०२४ को विजेताहरु, विदेश भ्रमणको अवसर

बिजमाण्डू
२०८१ चैत्र १० गते १३:०३ | Mar 23, 2025
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो दसैं अभियान २०२४ को विजेताहरु, विदेश भ्रमणको अवसर

काठमाडौं । महालक्ष्मी विकास बैंकले संचालन गरेको ‘नेपाल दसैं अभियान २०२४’ को विजेताहरु घोषणा गरेको छ। डिजिटल बैंकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्यले सो अधियान संचालन गरिएको थियो।

Tata
GBIME

दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने र उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्यले संचालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो।

विजेतहरुमा नारायण कार्की र सन्तोष ध्वजकार्की रहेको बैंकले जनाएको छ। यस अन्तर्गत विजेताहरुहरुले बाली वा कोलम्बो मध्ये कुनै एक स्थानको भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्।

यस किसिमको अभियानबाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकको छ।