ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशतसम्म छुट



बिजमाण्डू
२०८१ चैत्र ८ गते १७:०२ | Mar 21, 2025
ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशतसम्म छुट

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले अस्पतालसँग छुटसम्बन्धी सम्झौता गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतामा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई अस्पतालको सेवा तथा औषधि उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ। अस्पतालले बैंकका ग्राहकलाई सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स-रे, अल्ट्रासोनोग्राफी, ओपीडी र अपरेसन लगायतका सेवाहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने बैंकको विज्ञप्तिमा उल्लखे छ।

यस सम्झौतापछि ग्लोबल आइएमई बैंकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए। पोखरेलले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने समेत स्पष्ट पारे।

यसैगरी, ग्लोबल आइएमई बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरिन्।