अवकाशमा जानुअघि १० दिन लामो बिदा बस्दै गभर्नर अधिकारी, ‘वर्किङ डे’ ६ दिन मात्र

बिजमाण्डू
२०८१ चैत्र ४ गते १३:०९ | Mar 17, 2025
अवकाशमा जानुअघि १० दिन लामो बिदा बस्दै गभर्नर अधिकारी, ‘वर्किङ डे’ ६ दिन मात्र


काठमाडौं। अवकाशको १८ दिनअघि गभर्नर महाप्रसाद अधिकारी लामो बिदामा बस्ने भएका छन्। सोमबार ‘ग्लोबल मनि विक’ को औपचारिक कार्यक्रम उद्घाटन गरेलगत्तै उनी मंगलबारबाट बिदा बस्न लागेका हुन्।

Tata
GBIME
NLIC

उनी १० दिन बिदामा बस्ने छन्। उनी चैत २२ गते अनिवार्य अवकाशमा जाने छन्। अवकाशअघि अर्थात  चैत १५ गते उनी कार्यालय उपस्थित हुने छन्।

१० दिनको बिदा र बीचमा पर्ने सार्वजनिक बिदा कटौती गर्ने हो भने अधिकारीको गभर्नरका रुपमा ‘वर्किङ डे’ ६ दिन मात्र बाँकी रहने छ।

सामान्यत: गभर्नर देश बाहिर हुँदा कामु गभर्नरको जिम्मेबारी दिने चलन हुन्छ। यस्तोमा बरिष्ट डेपुटी गभर्नरलाई कामुको जिम्मेवारी दिइन्छ।

देशभित्रै हुँदा कामु दिने चलन छैन। तर, सामान्य प्रशासनिक कामकाजका लागि भने अनौपचारिक रुपमा कामु दिने गरिन्छ। त्यतिन्जेल राष्ट्र बैंकको कामकाज डेपुटी गभर्नर निलम तिमिल्सिनाले हेर्ने छिन्।