वाणिज्य बैंकमा ४० अर्ब निक्षेप थपिंदा कर्जा लगानी जम्मा २३ अर्ब, कुनको व्यवसाय कस्तो?

बिजमाण्डू
२०८१ चैत्र ४ गते १३:२२ | Mar 17, 2025
वाणिज्य बैंकमा ४० अर्ब निक्षेप थपिंदा कर्जा लगानी जम्मा २३ अर्ब, कुनको व्यवसाय कस्तो?


काठमाडौं। चालु आर्थिक वर्ष फागुन महिनामा वाणिज्य बैंकहरुले निक्षेप र कर्जा दुवै बढाएका छन्। फागुनमा वाणिज्य बैंकहरुले कर्जा २२ अर्ब ७४ करोड र निक्षेप ४० अर्ब रुपैयाँ बढाएका हुन्।

Tata
GBIME
NLIC

फागुनमा १५ बैंकले कर्जा लगानी बढाउदा पाँच बैंकको भने खुम्चिएको छ। राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ६७ करोड रुपैयाँ कर्जा बढाएको छ। त्यसैगरी, एभरेष्टले ३ अर्ब २६ करोड, लक्ष्मी सनराइजले ३ अर्ब ११ करोड र नबिलले २ अर्ब ५६ करोड रुपैयाँ लगानी बढाएका छन्।

फागुनमा ग्लोबल आइएमई, एनआईसी एसिया, कुमारी, स्टान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकको कर्जा लगानी भने खुम्चिएको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानीको अवस्था

बैंक२०८१ माघसम्म
(रु. अर्बमा)
२०८१ फागुनसम्म
(रु. अर्बमा)
फरक (रु. अर्बमा)
कृषि विकास२०७.१८२०८.७८१.६
सिटिजन्स१६८.६८१६९.८९१.२१
एभरेष्ट२२०.८२२२४.०८३.२६
ग्लोबल आइएमई४३१.३४४२९.८३-१.५१
हिमालयन२५०.८२२५१.२०.३८
कुमारी३०१.५७३०१.०९-०.४८
लक्ष्मी सनराइज२८१.६१२८४.७२३.११
माछापुच्छ्रे१४३.७२१४५.१९१.४७
नबिल४११.८३४१४.३९२.५६
नेपाल२२४.२२२२५.६११.३९
नेपाल इन्भेष्टमेन्ट मेगा३५१.५३५१.६९०.१९
नेपाल एसबिआई१३९.४८१३९.८५०.३७
एनआईसी एसिया२५२.४५२४९.९-२.५५
एनएमबि२३२.०७२३३.७४१.६७
प्रभु२३४.३३२३४.५६०.२३
प्राइम कमर्सियल२१२.९२२१५.७२२.८
राष्ट्रिय वाणिज्य२८३.५३२८९.२५.६७
सानिमा१७७.३४१७९.६८२.३४
सिद्धार्थ२१६.५७२१५.६४-०.९३
स्टान्डर्ड चार्टर्ड८५.८७८५.८३-०.०४
जम्मा४८२७.८५४८५०.५९२२.७४
स्रोत : नेपाल बैंकर्स संघ

फागुन महिनामा वाणिज्य बैंकहरुले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। त्यसमध्ये ६ अर्ब ८० करोड रुपैयाँ एभरेष्ट बैंकमा थपिएको हो। एनएमबि बैंकले ५ अर्ब ८० करोड, नेपाल बैंकले ५ अर्ब ७० करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब रुपैयाँ निक्षेप बढाएका छन्।

१५ बैंकमा निक्षेप थपिंदा ५ बैंकमा भने घटेको छ। कृषि विकास, कुमारी, माछापुच्छ्रे, एनआईसी एसिया र नेपाल एसबिआइ बैंकको निक्षेप खुम्चिएको हो।

कुन बैंकमा कति थपियो निक्षेप ?

बैंक२०८१ माघसम्म
(रु. अर्बमा)
२०८१ फागुनसम्म
(रु. अर्बमा)
फरक (रु. अर्बमा)
कृषि विकास२५६.७८२५३.२८-३.५
सिटिजन्स२००.९८२०१.८३०.९
एभरेष्ट२६१.०१२६७.७६६.८
ग्लोबल आइएमई५२९.२५३३.२३
हिमालयन३००.७२३०३.०४२.३
कुमारी३६१.८७३५६.५९-५.३
लक्ष्मी सनराइज३४७.२२३५०.५१३.३
माछापुच्छ्रे१६८.३५१६८.०९-०.३
नबिल४९९.५४५०३.२५३.७
नेपाल३०४.२९३०९.९८५.७
नेपाल इन्भेष्टमेन्ट मेगा४४७.६७४५२.६४
नेपाल एसबिआई१८२.३४१८१.४५-०.९
एनआईसी एसिया३०२.३२२९८.६८-३.६
एनएमबि२६१.०३२६६.८६५.८
प्रभु३०९.१६३१२.९१३.८
प्राइम कमर्सियल२३८.८१२४२.६९३.९
राष्ट्रिय वाणिज्य४४४.३७४४७.५५३.२
सानिमा२१३.६२१५.०६१.५
सिद्धार्थ२४३.३२४६.३१
स्टान्डर्ड चार्टर्ड१२४.४९१२५.३३०.८
जम्मा५९९७.०५६०३७.०४४०
स्रोत : नेपाल बैंकर्स संघ