डिजल र पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँसम्मले घट्यो, अन्यमा यथावत्



बिजमाण्डू
२०८१ चैत्र २ गते २०:४८ | Mar 15, 2025
डिजल र पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँसम्मले घट्यो, अन्यमा यथावत्

काठमाडौं। नेपाल आयल निगमले डिजल र पेट्रोलको मूल्य प्रति लिटर ५ रुपैयाँसम्म घटाएको छ। निगमले पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरमा ४ रुपैयाँले मूल्य घटाएको हो।

Tata
GBIME
Nepal Life

इन्डियन आयल कर्पोरेशनले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार भारतबाट पेट्रोलियम पदार्थतको मूल्य घटेर आएका कारण नेपालमा पनि मूल्य घटेको हो। निगमले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छ। यो मूल्य आजरातिबाट लागू हुनेछ।

यसअघि पेट्रोल प्रति लिटर १६८ थियो अब १६३ रुपैयाँ कायम हुनेछ। यस्तै डिजल लिटरको १५५ रुपैयाँ थियो अब भने १५१ रुपैयाँ कायम भएको छ।