एक दशक बढी काम गरेका कर्मचारीलाई सिटिजन्स बैंक इन्टरनेसनलको ‘दीर्घ सेवा सम्मान’

बिजमाण्डू
२०८१ चैत्र १ गते १४:२५ | Mar 14, 2025
एक दशक बढी काम गरेका कर्मचारीलाई सिटिजन्स बैंक इन्टरनेसनलको ‘दीर्घ सेवा सम्मान’


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष काम गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ।

Tata
GBIME
NLIC

१८ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारीबाट बैंकले विधिवत् सेवा सुरु गरेको थियो।

चैत १ गतेलाई बैंकले ‘कर्मचारीको दिन'(इम्प्लोएज डे) को रुपमा मनाउँदै आएको छ। बैंकले अठारौँ वर्ष पुरा गरि उन्नाइसौँ वर्षमाप्रवेश गर्न लागेको उपलक्ष्यमा एक महिने वार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा गरेका ६१ जना र १५ वर्ष काम गरेका १८ जना गरि ७९जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’प्रदान गरेका हुन्।

बैंकमा हाल १ हजार ८०० कर्मचारीहरु कार्यरत रहेका छन्।

सो समारोहमा पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत,लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताएका थिए। उनले आगामी दिनमा पनि कर्मचारीको तर्फबाट शतप्रतिशत योगदानको विश्वास राखेका थिए।

यस्तै, बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको छ।