नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य, ढकालले गरे मनोनीत

बिजमाण्डू
२०८१ फागुन २८ गते १८:१९ | Mar 12, 2025
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य, ढकालले गरे मनोनीत

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको जिम्मेवारी भरतराज आचार्यले पाएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आचार्यलाई बुधबार कोषाध्यक्ष मनोनीत गरेका हुन्।

Tata
GBIME

आचार्यसँग महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई काम गरेको अनुभव छ। उनी विभिन्न उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आवद्ध छन्।

महासंघमा यसअघि निरक केसी कोषाध्यक्ष रहेकामा उनको १८ महिने कार्यकाल सकिएपछि पद रिक्त थियो। आचार्यले अब बाँकी कार्यकाल कोषाध्यक्षको जिम्मेमवारी सम्हाल्ने छन्।