बुद्धको जहाजले नोज व्हीलविनै गर्‍यो उडान, प्राधिकरणले ग्राउण्डेड गरेर थाल्यो छानबिन

बिजमाण्डू
२०८१ फागुन २२ गते १८:३२ | Mar 6, 2025
बुद्धको जहाजले नोज व्हीलविनै गर्‍यो उडान, प्राधिकरणले ग्राउण्डेड गरेर थाल्यो छानबिन
स्रोत : फ्लाइट राडार


काठमाडौं। बुद्ध एयरको ९ एन-एएनएच कलसाइनको जहाजले देब्रेपट्टिको नोज व्हीलविनै उडान गरेको छ। बुद्धको जहाजले बिहिबार अपराह्न ४:३९ बजे जनकपुरबाट काठमाडौं उडानका क्रममा देब्रेपट्टिको नोज व्हील जनकपुरमै छुटेको हो।

Tata
GBIME
NLIC

जहाज ५:०६ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको छ।

टेक अफ गर्ने क्रममा ९ एन-एएनएच कलसाइनको जहाजको एउटा नोज व्हील छुटेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

‘जनकपुरबाट उडान गर्नु अगाडि नै नोज व्हील खसेको जानकारी आएको छ। ल्यान्डिङ गियरसँगै नोज व्हील रहने भएका कारण पाइलटलाई इन्डिकेसन आउँदैन,’ उनले भने, ‘काठमाडौं अवतरणलगत्तै पाइलटले जाँच गर्दा नोज व्हील नभेटेपछि जनकपुरमै छुटेको रिपोर्ट आएको हो।’

उनका अनुसार प्राधिकरणले जहाज ग्राउन्डेड गरी छानबिन सुरु गरेको छ।