एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीका रूपमा सम्मानित, पायो ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’

बिजमाण्डू
२०८१ फागुन १५ गते २०:०२ | Feb 27, 2025
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीका रूपमा सम्मानित, पायो ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’

काठमाडौं। एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित भएको छ। चौंथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेल बहुराष्ट्रिय कम्पनी विधामा सम्मानित भएको हो।

Tata
GBIME

एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले अवार्ड ग्रहण गरे।

यो अवार्ड आफूले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान तथा व्यवसाय सञ्चालनका लागि सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण भएको एनसेलले जनाएको छ।