
काठमाडौं। शिखर इन्स्योरेन्सले जीपी राजबाहक एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखा परीक्षक नियुक्त गरेको छ।
कम्पनीको गत मंगलबार भएको २०औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखा परीक्षणका लागि जीपी राजबाहक एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
लेखा परीक्षण शुल्कबापत कम्पनीले भ्याटबाहेक १० लाख रुपैयाँ पाउनेछ। यस्तै कर लेखा परीक्षण शुल्कबापत ३० हजार र लङफर्म अडिट रिपोर्टबापत ३० हजार रुपैयाँ भुक्तानी गर्ने गरी लेखा परीक्षक नियुक्तिको निर्णय गरेको इन्स्योरेन्सले जनाएको छ।
साधारण सभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्तावका साथै सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरेको छ।