एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल’ बिहिबार सुरु हुँदै, सम्पूर्ण तयारी पूरा

बिजमाण्डू
२०८१ फागुन १४ गते १७:०२ | Feb 26, 2025
एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल’ बिहिबार सुरु हुँदै, सम्पूर्ण तयारी पूरा

काठमाडौं। एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल’ बिहिबार पोखरामा सुरु हुँदैछ।

Tata
GBIME

बुकवर्म फाउन्डेसनले एनसेल फाउन्डेसनलाई प्रमुख प्रस्तुतकर्ता राखेर लिटरेचर फेस्टिभलको १२औं संस्करण गर्न लागेको हो।फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

फागुन १८ गतेसम्म हुने फेस्टिभलमा देश विदेशका २०० भन्दा बढी साहित्यानुरागीको जमघट हुनेछ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार फेस्टिभल उद्घाटन गर्ने तालिका छ।

फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र चलाइनेछ।

प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचनसँगै सुरु हुने फेस्टिभलमा उद्यमी जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ र ६ वर्षकी भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक लोकार्पण गरिनेछ।