
काठमाडौं । निर्जीवन बीमा कम्पनीले ७ महिनामा २४ अर्ब ७७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्। इन्स्योरेन्सले चालु आर्थिक वर्ष माघसम्म आर्जन गरेको बीमा शुल्क पोहोर सोही अवधिको तुलनामा ९.६९ प्रतिशतले धेरै हो।
कम्पनीले गत वर्ष माघसम्म २२ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। इन्स्योरेन्सले पोलिसी बिक्री ६.९८ प्रतिशतले वृद्धि भएको छ।
यस वर्ष ७ महिनामा कम्पनीहरुले १८ लाख २१ हजार ९२७ बीमा लेख जारी गरेका छन्। गत वर्ष सोही अवधिमा १७ लाख २ हजार ९८७ बीमालेख बिक्री गरेका थिए।
शिखर इन्स्योरेन्सले सर्वाधिक ३ अर्ब १३ करोड बीमा शुल्क संकलन गरेको छ। कम्पनीले आर्जन गरेको प्रिमियम पोहोरको तुलनामा ८.१६ प्रतिशत धेरै हो।
नेसनल इन्स्योरेन्सले सबैभन्दा न्यून ६९ करोड ३४ लाखको व्यापार गरेको छ। प्राधिकरणका अनुसार नेसनल,राष्ट्रिय बीमा कम्पनी, प्रभु र युनाइटेड अजोड इन्स्योरेन्सको व्यापार घटेको छ।
निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्ष माघसम्म संकलन गरेको बीमा शुल्क (रु लाखमा)
निर्जीवन बीमा कम्पनी | २०८१/८२ | २०८०/८१ | फरक % |
सिद्धार्थ प्रिमियर | २४४७४.४१ | २२६९९.१४ | ७.८२ |
शिखर | ३१३२०.५८ | २८९५६.५६ | ८.१६ |
सगरमाथा लुम्बिनी | २९३७६.०८ | २६७२१.४० | ९.९३ |
हिमालयन एभरेष्ट | १९२१८.१९ | १८६८७.९० | २.८४ |
आईजिआइ प्रुडेन्सियल | २०२६८.९९ | १९३९५.३८ | ४.५ |
नेको | १९५०२.७२ | १८७४१.५७ | ४.०६ |
सानिमा जिआईसी | १३८५२.७८ | १४३६०.२२ | २.६७ |
एनएलजी | १६२१६.२५ | ८७३७.२४ | १२.९२ |
नेपाल इन्स्योरेन्स | १२५९५.९० | ८७३७.२४ | ४४.१६ |
प्रभु | १०३०८.१९ | १०८४९.१४ | -४.९९ |
नेसनल | ६९३४.७८ | ६९४४.८९ | -०.१५ |
युनाइटेड अजोड | १४०१४.६३ | १५२३२.३१ | -७.९९ |
राष्ट्रिय बीमा कम्पनी | ९४०५.१७ | ९७३४.२८ | -३.३८ |
ओरियण्टल | १५२५२.४५ | १०६१५.४० | ४३.६८ |