
काठमाडौं। यही फागुन १४ गतेदेखि काठमाडौंमा बीवाइडी हाईटेक विक गरिने भएको छ छ। बीवाइडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले फागुन १८ गतेसम्म कार्यक्रम गर्ने भएको हो।
एभरेष्ट होटलमा हुने कार्यक्रमका लागि बीवाइडीका प्रतिनिधि यसअघि नै आइसकेका छन्। चीनबाट आएका बीवाइडीका प्रतिनिधिले दुई हप्तादेखि तयारी गरिरहेका छन्।
कार्यक्रममा बीवाइडीले टेक्नोलोजी पनि डिस्प्ले गर्ने जनाएको छ। बीवाइडीले इनोभेसनमा कसरी काम गरिरहेको छ भन्ने देखाउन टेक्नोलोजी पनि डिस्प्ले गर्न लागिएको हो।

कार्यक्रममा ई-प्लेटफर्म ३.० पनि शोकेस गरिनेछ। यो बीवाइडीको सबैभन्दा लेटेस्ट प्लेटफर्म हो। यो प्लेटफर्ममार्फत गाडीलाई सुरक्षा, इन्टिलेजेन्ट, एस्थेटिक र इफिसियन्सीमा अझ बलियो बनाइएको छ।
कम्पनीले कार्यक्रममा बीवाइडीसहित डेन्जा, याङवाङ र फाङचेन्ङबाओ गरी ४ वटा ब्रान्ड शोकेस गर्नेछ। याङवाङ ब्रान्डको यू-८ प्लग-इन-हाइब्रिड एसयूभी पनि देखाइने भएको छ। यो गाडी गत वर्ष एकजना चिनियाँ अर्बपतिले नेपाल ल्याउँदा अटो बजार तरंगित भएको थियो।

डेन्जा डी ९ र बीवाइडीको शार्क पिकअप पनि हाईटेक विकमा देख्न पाइनेछ। डेन्जा डी ९ ब्याट्री इलेक्ट्रिक र प्लग-इन-हाइब्रिड मिनी भ्यान गाडी हो। यो गाडी पनि बीवाइडीको ई-प्लेटफर्म ३.० मा निर्माण गरिएको हो। यसको प्लग-इन-हाइब्रिड भर्सन भने डीएम- ई प्लेटफर्ममा निर्माण गरिएको कम्पनीले जनाएको छ।
यस्तै बीवाइडी शार्क प्लग-इन-हाइब्रिड मिड साइज पिकअप ट्रक हो। यसलाई युटिलिटी भेहिकलका रुपमा लिइएको छ। बडी-अप-फ्रेम च्यासिसमा निर्माण गरिएको यसमा डुअल मोड अफ-रोड हाइब्रिड ड्राइभ ट्रेन छ।

यसैगरी, डेन्जा जेड ९ जीटी पनि देख्न पाइनेछ। जीटी गाडी एउटा हाइ पर्फर्मेन्स लक्जरी इलेक्ट्रिक कार हो। बीवाइडीको एउटा हिस्सा यो गाडीले युरोपमा पोर्से र बीएमडब्लुलाई चुनौती दिने भनिएको छ।
ब्लेड ब्याट्री पेनिट्रेसन, ब्लेड ब्याट्रीको टेक्नोलोजी लगायत धेरै कुरा हाईटेक विकमा देख्न पाइनेछ।



