बीमा प्राधिकरणका चार कर्मचारी निर्देशकमा बढुवा, नौ जनाबाट को-को छानिए ?

बिजमाण्डू
२०८१ फागुन २ गते २०:२४ | Feb 14, 2025
बीमा प्राधिकरणका चार कर्मचारी निर्देशकमा बढुवा, नौ जनाबाट को-को छानिए ?

काठमाडौं। नेपाल बीमा प्राधिकरणका चार कर्मचारी निर्देशकमा बढुवाका लागि सिफारिस भएका छन्।

Tata
GBIME

प्राधिकरणको पदपूर्ति समितिले कार्यक्षमता मूल्यांकनका आधारमा चार जना उपनिर्देशकलाई शुक्रबार निर्देशकमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस हुनेमा ध्रुव तिमिल्सिना, कुन्दन सापकोटा, शाम्भराज लामिछाने र निर्मल अधिकारी छन्। निर्देशकमा बढुवाका लागि ९ जनाले आवेदन दिएका थिए।

आवेदकमध्येमा कार्यक्षमता मूल्यांकन, ज्येष्ठता शैक्षिक योग्यता र तालिमबापत तिमिल्सिनाले सबैभन्दा बढी अंक पाएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको निर्देशक पद अधिकृत प्रथम श्रेणी अर्थात सहसचिव बराबरको हो।