
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांशको निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत अर्थात १ अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सेयरधनीले लाभांश पाउनेछन्।