BIZMANDU
www.bizmandu.com

आइएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १ अर्ब ५ करोड २६ लाख रुपैयाँ लाभांश बाँड्ने

२०८१ माघ ३०

आइएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १ अर्ब ५ करोड  २६ लाख रुपैयाँ लाभांश बाँड्ने
आइएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १ अर्ब ५ करोड २६ लाख रुपैयाँ लाभांश बाँड्ने

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांशको निर्णय गरेको हो ।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत अर्थात १ अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सेयरधनीले लाभांश पाउनेछन्।