नेप्सेको अनलाइन प्रणालीको मिति मंसिर २३ गते, साउदले भने, ‘मेरो राजिनामा चाहिएको कि अनलाइन?’



बिजमाण्डू
२०७५ मंसिर १० गते १३:५४ | Nov 26, 2018
नेप्सेको अनलाइन प्रणालीको मिति मंसिर २३ गते, साउदले भने, ‘मेरो राजिनामा चाहिएको कि अनलाइन?’

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जले ल्याएको अनलाइन प्रणालीले काम नगरेपछि आन्दोलित बनेका लगानीकर्ताले मंसिर २३ गतेबाट आफ्नै युजर र पासवर्डबाट कारोबार गर्न पाउने आश्वासन पाएका छन्।

Tata
GBIME
Nepal Life

नेप्सेको कार्यालय घेराउ गर्न पुगेका लगानीकर्तालाई संवोधन गर्दै महाप्रबन्धक चन्द्रसिंह साउदले मंसिर २३ को मिति घोषणा गरेका हुन्। प्रणाली भित्र्याउने कम्पनीसँगको छलफलपछि साउदले नयाँ मिति घोषणा गरेका हुन्।

प्रणालीले काम नगरेपछि लगानीकर्ताका नाममा खुलेका चार वटा संगठन नेप्से कार्यालय घेर्न पुगेका थिए। उनीहरुले साउदको राजिनामा पनि मागेका थिए।

'तपाईहरु मेरो राजिनामा माग्न आउनु भएको कि अनलाइन?' भनेर साउदले आन्दोलनकारी लगानीकर्तालाई प्रश्न गरेका थिए। लगानीकर्ताले अनलाइन भनेपछि साउदले 'ल अब तपाईहरुले आफ्नै युजर र पासवर्ड मंसिर २३ गतेबाट पाउनु हुन्छ' भनेर घोषणा गरेका थिए।