चौधरी ग्रुपले भित्र्यायो मोटोरोला मोबाइल, साढे २४ हजारदेखि ४६ हजार ४९९ का मोडल सार्वजनिक

बिजमाण्डू
२०८१ माघ १७ गते १९:२४ | Jan 30, 2025
चौधरी ग्रुपले भित्र्यायो मोटोरोला मोबाइल, साढे २४ हजारदेखि ४६ हजार ४९९ का मोडल सार्वजनिक

काठमाडौं। चर्चित मोबाइल ब्रान्ड मोटोरोला नेपालमा चौधरी ग्रुपले भित्र्याएको छ। बिहिबार काठमाडौंमा एक समारोहबीच मोटोरोलामा विभिन्न सिरिज सार्वजनिक गरिएको छ।

Tata
GBIME

कार्यक्रममा मोटोरोलाका प्रतिनिधि पनि सहभागी थिए। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र मोटोरोलाको अफलाइन तथा सार्क देशका प्रमुख विपिन टेनाले मोटोरोला ब्रान्डका मुख्य विशेषता प्रस्तुत गरे।

उनीहरुले मोटोरोला मोबाइल पानी प्रतिरोधी, शक्तिशाली र्‍याम, ठूलो स्टोरेज र प्रभावशाली फिचरसहितका भएको तथा सुलभ मूल्यमा पाइने बताए। चौधरीले उच्च गुणस्तरका स्मार्टफोन सबैको पहुँचमा ल्याउन विभिन्न मूल्यका मोडल भित्र्याएको बताए।

मोटो जी ४५ को मूल्य २४ हजार ४९९ र मोटो जी ६४ को मूल्य २७ हजार ४९९ रुपैयाँ तोकिएको छ। र्‍याम र स्टोरेज क्षमता अनुसार मोबाइलको मूल्य फरक फरक छ।

मोटो एज ५० फ्युजनको मूल्य ४६ हजार ४९९ रुपैयाँ तोकिएको छ जसमा १२ जीबीको र्‍याम र २५६ जीबीको स्टोरेज रहेको कम्पनीले जनाएको छ।

६ वटा मोडल सार्वजनिक गरेको कम्पनीले थप मोडलका मोबाइल पनि भित्र्याउने बताएको छ। मोटोरोलाको आगमनले नेपाली उपभोक्तालाई भरपर्दो, उत्कृष्ट प्रदर्शन र उचित मूल्यका स्मार्टफोनको नयाँ विकल्प दिने कम्पनीको भनाइ छ।