नेपालमा सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक, एस २५ अल्ट्राको मूल्य दुई लाख रुपैयाँ

बिजमाण्डू
२०८१ माघ १७ गते ११:४२ | Jan 30, 2025
नेपालमा सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक, एस २५ अल्ट्राको मूल्य दुई लाख रुपैयाँ


काठमाडौं । नेपालमा सामसङको एस २५ सिरिज लन्च भएको छ। आज एक कार्यक्रमबीच यो सिरिज सार्वजनिक गरिएको हो। आजबाटै यो सिरिजको एआई इनेब्लर्ड स्मार्टफोन प्री-अर्डर गर्न सकिन्छ।

Tata
GBIME
NLIC

आज सिरिज लन्चसँगै स्मार्टफोनको मूल्य पनि सार्वजनिक गरिएको छ। नेपालमा सामसङ एस २५ को मूल्य १ लाख ४ हजार ९९९ रुपैयाँबाट सुरु हुने भएको छ। आइसी ब्लू र सिल्भर स्याडो रंगमा उपलब्ध हुने १२ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको एस २५ को मूल्य १ लाख ४ हजार ९९९ रुपैयाँ तोकिएको हो।

यस्तै, १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजसहितको एस २५ को मूल्य १ लाख १४ हजार ९९९ रुपैयाँ रहेको छ।

ग्यालेक्सी एस २५ प्लसको मूल्य १ लाख ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो भेरियन्ट १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ।  

१२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजसहितको ग्यालेक्सी एस २५ अल्ट्राको मूल्य १ लाख ८४ हजार ९९९ रुपैयाँ रहेको छ।

यस्तै, ५१२ जीबी स्टोरेज र १२ जीबी र्‍याम रहने एस २५ अल्ट्राको मूल्य भने १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

ग्यालेक्सी एस २५ सिरिज सामसङ इन्स्ट्रा-फाइनान्समा समेत उपलब्ध छ। यो सिरिजको स्माटफोन शून्य प्रतिशत ब्याज दरमा प्रतिमहिना ५ हजार २५० रुपैयाँ किस्तदेखि पनि लिन सकिनेछ।

एस २५ सिरिजको साथ ग्यालेक्सी एआईको अद्भूत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। ग्यालेक्सी एस २५ सिरिजले अहिलेसम्मकै सबैभन्दा समयसाक्षेप र व्यक्तिगत एआई अनुभव प्रदान गर्ने दाबी गरिएको छ। ग्यालेक्सी एस २५ सिरिजमा वान यूआइ ७ समावेश गरिएको छ। यसको बहुमोडल क्षमतायुक्त एआई एजेन्टहरूले टेक्स्ट, आवाज, छवि, र भिडियोहरूको प्राकृतिक तरिकाले व्याख्या गर्न मद्दत गर्छ।

यसको साइड बटन थिचेर जेमिनी चलाउन सकिन्छ र सामसुङ तथा गुगल एपहरु का साथै स्पटिफाइ जस्ता तेस्रो-पक्ष एपहरु पनि सहजै प्रयोग गर्न सकिन्छ।

ग्यालेक्सी S25 अल्ट्रा सबैभन्दा पातलो, हल्का र टिकाउ ग्यालेक्सी एस श्रृंखला भएको जनाइएको छ। यो टिकाउ टाइटेनियम र नयाँ कोर्निङ गोरिल्ला आर्मर २ प्रयोग गरेर निर्माण गरिएको छ। 

यो सिरिजका फोनहरुको प्री-अर्डर अफर जनवरी ३० बाट सुरु हुनेछ। यो अफर फेब्रुअरी १३ सम्मका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एस २५ अल्ट्रा प्री-अर्डर गर्ने ग्राहकहरूले १२/२५६ जीबी बाट १२/५१२ जीबी मा निःशुल्क मेमोरी अपग्रेड प्राप्त गर्न सक्नेछन् । वा उनीहरुले ३१ हजार ९९९ रपैयाँ पर्ने ग्यालेक्सी बड्स३ प्रो १४ हजार ९९९ मा किन्न सक्नेछन्। साथै, एक हजार ५०० रुपयाँमा ३ हजार ३९९ रुपैयाँ बराबरको सिलिकन कभर पनि यो अफरमा पाइनेछ।

ग्यालेक्सी एस२५ प्लस वा ग्यालेक्सी एस२५ बेस प्री-अर्डर गर्ने ग्राहकहरूले पनि ग्यालेक्सी बड्स३ प्रो १४,९९९ रुपैयाँमा किन्न सक्नेछन्। साथै, एक हजार ५०० रुपैयाँमा नै उनीहरुले सिलिकन कभर पाउनेछन्।

ग्यालेक्सी एस २५ अल्ट्राको फिचरहरु

FeatureSpecification
Display6.9-inch Dynamic AMOLED 2X, 3120 x 1440 pixels (QHD+), 120Hz adaptive refresh rate, peak brightness of 2600 nits
ProcessorQualcomm Snapdragon 8 Elite (up to 4.47GHz)
RAM12GB
Storage Options256GB, 512GB, 1TB (non-expandable)
Battery5000 mAh with 45W wired charging and 15W wireless charging
Camera System– Quad-camera setup:
  – Main: 200 MP (f/1.7)
  – Ultra-wide: 50 MP (f/1.9)
  – Telephoto (5x): 50 MP (f/3.4)
  – Telephoto (3x): 10 MP (f/2.4)
– Front: 12 MP (f/2.2)
Operating SystemAndroid 15 with One UI 7
ConnectivityWi-Fi 7, Bluetooth 5.4, NFC, USB Type-C, UWB